पुष १७, याङ्वरकफोकस / बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेका उमाकुमारी ढकाललाई धरौटीमा छाड्ने आदेश दिइएको छ । विशेष अदालतले ढकाललाई आज रु दुई लाख धरौटीमा छाड्ने आदेश दिइएको हो ।
अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले थुनछेक बहसपछि ढकाललाई धरौटी लिएर छाड्ने आदेश दिएको भनी विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसँग ९१ लाख २० हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो । राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफ्नो नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पुर्याएको भनी अख्तियारले दुई वर्ष कैद वा बिगो जफत साथै जरिवानाको माग गरेको थियो ।
Discussion about this post