पुष १८, याङ्वरकफोकस / जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने नेताहरुले बताए । जसपाले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ/संगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी रहेको नेताहरुले बताएका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले देश मा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको जनाए । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको जिकिर गरे ।
Discussion about this post