पुष १८, याङ्वरकफोकस / प्रधानमन्त्री केपि शर्मा ओलिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई फोहोरको संज्ञा दिएका छन् । राजधानीमा आफूपक्षीय भेलामा शनिबार सम्बोधन गर्दै ओलीले उनिहरुलाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरेका हुन् ।
‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा फ्याक्छ । नेपालको कम्युनिष्ट आन्दोलनले त्यसैगरी फोहोरलाई फ्याक्छ,’ उनले भने ।
उक्त भेलामा प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने समेत बताए । उनले कम्युनिस्ट आन्दोलनलाई तलमाथि हुन नदिने भन्दै उचाइमा लगिछाड्ने दावी समेत गरे ।
Discussion about this post