सुमन सहयात्री
पुष १९, याङ्वरकफोकस / संघीय लिम्बुवान सामाजिक मञ्च कतारले किरात लिम्बुहरुको राष्ट्रिय चाड चासोक तङ्नाम-५०८०, किरात उधौली, तमु ल्होसार तथा अंग्रेजी नयाँ वर्ष को अवशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
सलिसाम द्वारा आयोजित शुभकामना कार्यक्रम दोहा कतारको मुफसल अलखोर स्थित सुन्दर नगरी “पर्पल आइस्लेण्ड” मा सनिवार सम्पन्न भएको हो ।
बिश्वनै कोभिड १९ द्वारा आक्रन्त बनेको बेला सामाजिक दुरि एवं आधारभुत सुरक्षालाई बिशेष मध्यनजर गर्दै सलिसाम कतारले आन्तरिक रुपममा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यसमिती सदस्य, क्षेत्र तथा विभिन्न विभागहरु को उपस्थिति रहेको कार्यक्रममा सलिसाम कतारका अध्यक्ष रेखा राई ले सभाध्यक्ष गरेकी थियिन भने । प्रमुख सल्लाहकार देवि थेगुवा, बिशेष सल्लाहकारहरु सिताराम थेवे, मंगलसिं वनेम लगातको आतिथ्य रहेको थियो ।
अर्थसचिव कुमारसिं योङ्हाङको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा चासोक तङ्नाम, किरात उधौली एवं ल्होसारबारे बिशेष सल्लाहकार थेबे र केस याम बहादुर काङ्बाले प्रष्टाएका थिए ।
उपमहासचिव सुजन पराहाङ ले कार्यक्रम सन्चालन गरेका थिए ।
Discussion about this post