पुष १९, याङ्वरकफोकस / प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता प्रदेश एक भएको छ । अन्तिम ओभरमा दुई विकेट लिएपछि प्रदेश एकले आज सशत्र प्रहरी बल (एपीएफ) लाई ६ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो । प्रदेश एकका लागि अप्सरी बेगमले सबभन्दा धेरै ३४ रन बनाइन् । अप्सरीले पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्रीसँग ५८ रनको साझेदारी गरेकी थिइन् ।
१९ ओभर सकिँदा एपीएफ ९३/५ को स्थितिमा रहेको थियो । एपीएफका करुणा भण्डारीले २६ र ममता चौधरीले ३१ रन बनाएर खेलिरहेका थिए । अन्तिम ओभरमा एपीएफलाई जित्नका लागि १३ रनको आवश्यकता थियो ।
प्रदेश एक की कप्तान रुविना क्षेत्रीले अन्तिम ओभरको जिम्मेवारी संगिता चौधरीलाई दिएका थिए । अन्तिम ओभरको दोस्रो बलमा ३४ रन बनाएकी ममता रन आउट भइन् । पाँचौं ओभरमा संगिताले सिता रानामगरलाई पवेलियनको बाटो देखाइन् । संगिताले अन्तिम ओभरमा ६ रन मात्र दिएपछि प्रदेश एकले विजय हासिल गर्न सफल भयो ।
१०६ रनको योगफल पछ्याउने क्रममा ममता र करुणाले छैटौं विकेटका लागि ६५ रनको साझेदारी गरेपछि एपीएफ जित नजिक पुगेको थियो तर जित भने हासिल गर्न सकेन । ३२/५ को स्थितिबाट ममता र करुणाले एपीएफको इनिङ उकासेका थिए । करुणा २६ रनमा अविजित रहिन् ।
ममता र करुणा बाहेक ओपनर ज्योती पाण्डेले १४ रन बनाइन् । प्रदेश एककी रुविना र एलिशा खडियाले समान दुई विकेट लिए भने संगिता राईले एक विकेट लिईन ।
रुविनाले १८ रन बनाइन्। त्यसबाहेक काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। एपीएफकी सिता रानामगरले तीन विकेट लिइन्। करुणाले एक विकेट लिईन ।
प्रदेश एक पहिलोपल्ट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता भएको हो ।
Discussion about this post