पौष-२०, डेस्क । झापाको हल्दीवारीमा खोलाले बगाउदा एक बृद्धाको ज्यान गएको छ । आईतवार राती हल्दिबारी गाउँपालिका-५ की ७२ बर्षीया हरिमाया बेगाको स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर ज्यान गएको हो । बेघालाई खोलाको दहमा मृत अवस्थामा भेटिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी चौकी जलथलले जनाएको छ ।
Discussion about this post