पुष २०, याङ्वरकफोकस / झापाको दमक नगरपालिका-६ बेलडागीमा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । आइतबार राती १० बजे रतुवामाई नगरपालिका-८ का २२ बर्षीय रोशन कुमार मंग्राती र दमक नगरपालिका-८ का २१ बर्षीय बिक्रम लम्जेललाई ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा निस्किएका प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीको अनुसार उनिहरुलाई चेकजाँच गर्दा एक ग्राम ३९० मिलिग्राम ब्राउनसुगर सहित नगद दुई हजार ४०० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
Discussion about this post