पौष-२१, डेस्क । झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको ज्यान गएको छ । सोमवार दिउँसो ३ बजे बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै ज्यान गएको हो । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post