पुष २१, याङ्वरकफोकस / सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशीलताको अवस्थाको विषयमा केन्द्रित पीबीएस आईटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटी र प्रेसिडेन्सीयल बिजनेस स्कुलको संयक्त आयोजनामा यहीँ पुष २५ र २६ गते पीबीएस आईटी करियर कनक्लेभ हुने भएको हो ।
आज पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आईटी क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि कनक्लेभ आयोजना गरिएको बताए ।
कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् र आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् ।
Discussion about this post