पौष २२/नेपाल र भारतको सीमा कुदियाकबर देखी करिब आधा किलोमिटर भित्र भारतको भूमिमा नेपाली युवा माथि गोली चलाएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले बताएकाछ्न।घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको एसपी मरासनीले बताए।
गोली कसले चलाएको हो भन्ने कुरा भने खुलेको छैन ‘सीमा क्षेत्र नजिकै गोली लागेको हो,’ उनले भने, ‘एसएसबी र वन रक्षकको संयुक्त गस्ती टोली यस क्षेत्रमा घुमिरहन्छ, कसले गोली चलायो अनुसन्धान भइरहेको छ।
Discussion about this post