पौष २२, डेस्क । झापाको शिवसताक्षीमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका-२ हिमाली चोकका बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर ज्यान गएको हो ।
मंगलवार दिउँसो घरदेखि ५ सय मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालक घाईते भएका थिए । घाईते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post