पुष २३, याङ्वरकफोकस / बैंक तथा वित्तिय संस्थाको ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफै पुनः सूचारु गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्यवस्था गर्दैं आवश्यक सुरक्षा प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल/इन्टरनेट/एसएमएस बैंकिङ सेवाको आफ्नो युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफै प्राप्त गरी सेवा सुचारू गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
यसअघि मोबाइल/इन्टरनेट/एसएमएस बैंकिङ सेवाको आफ्नो युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा बैंक तथा वित्तिय संस्थामा सम्पर्क गर्नुपर्ने बाध्यता रहेको थियो ।
Discussion about this post