पौष २४/ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।
यही पुस १३ गते दिउँसो करिब साढे २ बजे अन्दाजी ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा अपरिचित व्यक्ति प्रवेश गरी सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ करिब साढे ५ बजे च्यासलबाट पक्राउ गरेको हो ।
Discussion about this post