पौष-२४, डेस्क । ईलामको माङ्सेबुङमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिवार माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह-चालक पाँचथर मिक्लाजुङ गाँउपालिका-४ का ३५ बर्षीय किरण राईको ज्यान गएको हो ।
बिहिवार बिहान पाँचथरको रविबाट दमकतर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका सह-चालक राईलाई उपचारको लागि दमक लैजाने क्रममा बाटोमा नै जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
Discussion about this post