पुष २४, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १२४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को पाँचथरमा ३ जना, तेह्रथुममा १ जना, इलाममा ५ जना, झापामा १० जना, मोरङमा ५३ जना, सुनसरीमा ३५ जना, धनकुटामा १ जना, भोजपुरमा १ जना, खोटाङमा २ जना, संखुवासभामा २ जना र उदयपुरमा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना संक्रमण देखिएको र ५८५ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post