पुष २४, याङ्वरकफोकस / संसद् विघटनविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिको आयोजनामा आज दिउँसो माइतीघर मण्डलाबाट बानेश्वरसम्म उल्टो हिँडेर विरोध जनाएको हो ।
संसद विघटन विरोध लेखिएका विभिन्न प्ले कार्ड लिएर प्रधानमन्त्री केपी ओलीविरुद्ध नेविसंघका नेता तथा कार्यकर्ताहरुले विरोध जनाए । प्ले कार्डमा “सत्तावादी ओली सरकार मुर्दावाद, जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहार”मा भन्दै नारा लगाएका थिए ।
Discussion about this post