पुष २४, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढि आमसभाका लागी कार्यकर्ता लिन गएका बस रित्तै फर्किएका छन । आज धनगढीमा नेकपाका ओलि पक्षका कार्यकर्ताहरुलाई ओलिले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्।
जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन् । नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो।तर कार्यकर्ता नआएपछि सिमित कार्यकर्ता लाई ओलिले सम्बोधन गरेका थिए ।
प्रतिनिधि सभाको विघटनपछि धनगढी पुगेका ओलीले धनगढीको खुलामञ्चबाट केहीबेरमा सम्बोधन गरेका थिए।रासस
Discussion about this post