पुष २४, याङ्वरकफोकस / लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका व्यवसायी, कलाकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो जन्मदिनको अवसरमा दुई विद्यालयलाई आवश्यक सामाग्री सहयोग गरेका छन् ।
मकवानपुर वकैया २ मा रहेको श्री कालिका माद्यामिक विद्यालय र श्री भूमेश्वरी प्राथमिक विद्यालयलाई मोक्तानले सहयोग गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमका बिच अभिभावक चन्द्र बहादुर जिम्बा तथा स्थानीय अग्रज व्यक्तित्वको उपस्थितिमा विद्यालयमा रहेका विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री साथै विद्यालयलाई आवश्यक साउण्ड सिस्टम र दराज लगायतका सामाग्री वितरण गरिएको हो ।
मोक्तानले पहिले पनि यस विद्यालयलाई सहयोग गर्दै आएका छन् । यो साल कोरोना भाइरसका कारण आफु उपस्थित हुन नसकेको भन्दै शिक्षक/शिक्षाकाहरु मा आभार प्रकट गरेका छन् ।
Discussion about this post