पौष २६ आइतबार २०७७ / याङवरक फोकस
सत्तारूढ वर्कर्स पार्टीको कंग्रेसलाई प्योङयाङमा सम्बोधन गर्ने क्रममा उनले उत्तर कोरियाले परमाणु हतियार र सैन्य क्षमता विस्तार गर्ने घोषणा गरे ।
अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको उनले बताए । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने दिन नजिकिँदै गर्दा नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् ।
नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली प्रायदीपलाई आणविक रूपमा निःशस्त्रीकरण गर्ने विषयमा शिखर वार्ता भए पनि सम्बन्धमा सुधार भएको छैन । – एजेन्सी/सुमन सहयात्री
Discussion about this post