पौष २६,याङ्वरकफोकस//साओमीले आफ्ना दुई नयाँ स्मार्टफोन रेड्मी नोट नाइन टी र रेड्मी नाइन टी विश्वबजारमा सार्वजनिक गरेको छ । यसमध्ये रेड्मी नोट नाइन टी रेड्मी नोट नाइन फाइभजीको अपग्रेडेड भर्सन हो ।
sandály na klínku černé
vagabond tricouri barbati
gucci genser
nike genser
calvin klein ledvinka
rolex de diamantes
kitten heel flip flops black
מבצעים מצעים למיטת תינוק
סרבל לבן טייסים
scott mountainbike
त्यसैगरी रेड्मी नाइन टी गत वर्ष चीनमा सार्वजनिक भएको रेड्मी नोट नाइन फोरजीको रिब्राण्डेड भर्सन हो । रेड्मीका यी दुवै नयाँ स्मार्टफोन मल्टिपल शेड्स युक्त ग्रेडियन्ट ब्याक प्यानल सहित बजारमा आएका छन् ।
यी दुवै स्मार्टफोन नेपालमा कहिलेसम्म आइपुग्छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।रेड्मी नोट नाइन टीको पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् ।
जसमा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा राखिएको छ । दुई वटा स्पिकर राखिएको यो फोनमा ६.५३ इञ्च फुल एचडी प्लस डट डिस्प्ले दिइएको छ ।
नोट सिरिजका फोनमा दुई वटा स्पिकर राखिएको यो नी पहिलो स्मार्टफोन हो । साथै यसमा दिनभर मज्जाले टिक्ने ५००० एमएएच क्षमताको हाइ चार्ज सर्किल ब्याट्री राखिएको छ ।
जसका लागि १८ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । कम्पनीले यो फोन मार्फत आफ्नो यूएफएस २.२ फ्ल्याश स्टोरेज समेत प्रयोगमा ल्याएको छ ।
यसबाट यो साओमी नोट सिरिजका पूर्ववर्ती फोनको तुलनामा यो फोनको राइटिङ स्पिड शत प्रतिशतसम्म बृद्धि भएको दाबी गरिएको छ । यसको अर्थ यो फोनमा एप खोल्ने तथा फोटो खिच्ने काम आँखा झिम्काए जत्तिकै फास्ट छ ।
यद्यपी यूएफएस २.२ केवल चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा मात्र उपलब्ध हुनेछ । सेक्युरिटीका लागि यो फोनको एक छेउमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।
कर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिइएको यो फोनमा २३४० बाई १०८० फुल एचडी प्लस रेजोलुसन रहेको छ । यस बाहेक फोनमा एनएफसी सपोर्ट, फल्याश प्रफ नानो कोटिङ र ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।
जब कि रेड्मी नाइन टी चार वटा क्यामेराका साथ सार्वजनिक भएको छ । जसमा ४८ मेगापिक्सेलको मूख्य क्यामेराको साथमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र दुई दुई मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन् ।
यसमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । ६००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन समेत १८ वाट फास्ट चार्जिङका साथ आएको छ । ६.५३ इन्चको डिस्ले राखिएको यो फोनमा १०८० बाई २३४० पिक्सेल रेजोलुसन रहेको छ ।
कति छ मूल्य ?
चार जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको रेड्मी नोट नाइन टीको मूल्य २२९ युरो अर्थात ३२ हजार ७८४ रुपैयाँ तथा चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २६९ युरो अर्थात ३८ हजार ५१० रुपैयाँ राखिएको छ ।
यद्यपी लञ्चिङ अफरको रुपमा पहिलो भेरयन्ट १९९ युरो अर्थात २८ हजार ४८९ रुपैयाँ तथा अर्को भेरियन्ट २४९ अर्थात ३५ हजार ६४७ रुपैयाँ मा बिक्री गर्न थालिएको छ ।
जहाँसम्म रेड्मी नाइन टीको मूल्यको कुरा गर्ने हो भने यसको चार जीबी र्याम तथा ६४ जीबी स्टोरेज मोडलको मूल्य १५९ युरो र चार जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८९ युरो राखिएको छ । त्यस्तै ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९९ युरो छ ।
Discussion about this post