पुष २७, याङ्वरकफोकस / मलेसियामा आवतजावत, आवागमन नियन्त्रण आदेश (movement control order) “एमसिओ” पुनः लागू भएको छ । मलेसियामा कोभिड-१९ को जोखिम बढेसंगै (एमसियो) लागू गरिएको हो ।
मलेसियाका प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले आज स्थानीय टेलिभिजनमार्फत जनताको नाममा सम्बोधन गर्दै यहीँ जनवरी १३ तारिख बुधबार देखी २६ तारिख मंगलबार सम्म दुई हप्ता पुनः एमसिओ लागू गरिएको बताएका हुन् ।
मलेसियाको पुलाउ पेनाङ, सेलाङ्गर, क्वालालम्पुर, पुत्राजाया, लाबुआन, जोहोर, साबाह, मलाका क्षेत्रमा एमसिओ लागू गरिएको प्रधानमन्त्री यासिनले जनाए ।
प्रधानमन्त्री यासिनका अनुसार कोभिड-१९ जोखिम कम रहेको अन्य क्षेत्रमा पहिले सरहनै सिएमसिओ, आरएमसिओ जारी रहेको छ ।
Discussion about this post