पुष २८, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा ६ जना, मोरङमा ५ जना, सुनसरीमा १ जना र संखुवासभामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५,३०० जनामा परिक्षण गर्दा ४३० जनामा कोरोना संक्रमण देखिएको र ३९० जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९२ हजार ८ सय ५५ पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post