पौष २८ मंगलबार २०७७/याङवरक फोकस
१३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कास्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस बर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन ।
आज आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका उत्कृष्ट महिला वर्ष खेलाडी घोषित भइन् । उनले १५० सीसीको पल्सर मोटरसाइकल पनि पाइन् ।
१७औं सागमा एकै प्रतियोगितामा सर्वाधिक पदक जित्ने खेलाडीको कीर्तिमान गौरिकाको नाममा छ । यो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए ।
Discussion about this post