पुष २९, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को तेह्रथुममा १ जना, पाँचथरमा १ जना, झापामा ५ जना, मोरङमा ११ जना र सुनसरीमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ४,१५४ जनामा परिक्षण गर्दा ४४५ जनामा कोरोना संक्रमण देखिएको र ४१४ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९७ हजार ९ पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post