पुष २९, याङ्वरकफोकस / गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा गायिका तृष्णा गुरुङ कोचको रूपमा प्रवेश गरेकी छिन् । सिजन २ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका गुरुङलाई कोचको रुपमा अनुबन्धित गरिएको हो ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा गायिका गुरुङ प्रवेश भएको जानकारी दिइएको हो । शोमा कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।
‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको र आफ्नो तर्फबाट बेष्ट दिन आफूले कुनै कसर बाँकी नराख्ने तृष्णाले बताइन् ।
‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार गायिका आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतीमै शो छाडेको बताए । यसमा अन्य कुनै कारण नभएको पौडेलले जनाए । अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ ।
‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यसपटक झनै उत्कृष्ट रुपमा आफूलाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।
यसअघि पहिलो सिजन टिम दिप र दोस्रो सिजन टिम प्रमोदका प्रतिस्पर्धीले टाइटल जितेका छन् ।
Discussion about this post