माघ १, याङ्वरकफोकस / पान्थरको फालेलुङ गाउँपालिका-८ आकाशेमा संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको एक दिने भेटघाट तथा राजनैतिक प्रशिक्षण कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ ।
मञ्च वडा कार्य समिती फालेलुङ-८ ले आयोजना गरेको कार्यक्रममा प्रान्तिय महासचिव संगम खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
एक दिने भेटघाट तथा राजनैतिक प्रशिक्षण कार्यक्रम संगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च र संघीय महिला मञ्च गठन गरिएको छ ।
कार्यक्रममा प्रान्तिय महाचिव खनालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य सुनिता केरुङ, जिल्ला सदस्य प्रकाश अधिकारी, जिल्ला सदस्य धनकुमार केरुङ लगायत स्थानिय नेताहरुने मन्तव्य राखेका थिए ।
Discussion about this post