माघ २, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप तिन जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को सुनसरीमा २ जना र ओखलढुंगामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण देखिएको र ३९० जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ जना पुगेको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post