माघ २, याङ्वरकफोकस / नेपालमा कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोपलाई अनुमति दिएको छ ।
भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार गरेको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति दिएको हो ।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।
विभागले दुई दिन अघिमात्र आपतकालीन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ताको आह्वान गरेको थियो ।
भारतमा पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
कोभिसिल्ड ७०.४३ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ । याे खाेप २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्छ ।
Discussion about this post