माघ ३, याङ्वरकफोकस / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘प्रचण्ड-नेपाल’ समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । शुक्रवार पेरिसडाँडामा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुहको स्थायी कमिटीको बैठकले पार्टीबाट निष्काशन गर्ने गरी प्रधानमन्त्री ओलीलाई कारवाही गरेको हो ।
बैठकले प्रदेश १ कमिटीको अध्यक्षमा ओली समूहका देवराज घिमिरेलाई हटाएर घनेन्द्र बस्नेतलाई चयन गरेको छ । सह-इन्चार्जमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।
उक्त बैठकले महासचिव विष्णु पौडेललाई समेत कारवाही गर्नका लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ ।
यहि माघ १६ गते प्रधानमन्त्रीको कदमविरुद्ध विशाल जनप्रदर्शन गर्ने समेत बैठकमा पारित भएको छ ।
यसअघि प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभा विघटन गरेको भन्दै पुस ७ गते प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो ।
Discussion about this post