माघ ३/हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले आफ्नो २०० सीसी क्षमताको एक्सट्रीम २०० आरको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ कायम गरेर विक्री वितरण गर्दै आएको छ ।
हिरो एक्सट्रीम २०० आरमा १९९.६ सीसी क्षमताको फोर स्टोक, २ भल्भ, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स र मल्टी प्लेट वेट क्लच दिइएको छ ।
यो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ । अगाडि २७६ एमएम र पछाडि २२० एमएमको डिस्क दिइएको छ । मोटरसाइकललाई थप सुरक्षीत बनाउन यसमा सिंगल च्यानल एबीएस समेत उपलब्ध रहेको छ । यो एबीएस उपलब्ध नेपालकै सबैभन्दा सस्तो मोटरसाइकल हो ।
डायमन्ड टाइप फ्रेममा तयार भएको हिरो एक्सट्रीम २०० आरमा अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपिक हाइड्रोलिक टाइप र पछाडि ७ स्टेप एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन दिइएको छ । यस मोटरसाइकलमा अगाडि र पछाडि नै समान १७ इन्चको ह्वील दिइएको छ ।
एनजीएमले नेपाली बजारमा हिरो एक्सट्रीम २०० आरलाई विभिन्न तीन कलर अप्सनमा उपलब्ध गराएको छ । जसमा व्ल्याकसँग स्पोर्ट रेड, प्यान्थर व्ल्याकसँग फोर्स सिल्भर र टेक्नो व्ल्यू रहेका छन् ।
Discussion about this post