माघ ३,याङ्वरकफोकस// अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका छन् ।
यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले सबै भन्दा पहिला अनुमति दिएको थियो । यो भ्याक्सिनले अमेरीका, मेक्सिको, नर्वे, बेल्जियम लगायतका देशमा भ्याक्सिन लिएपछि मृत्युका घटनाहरु देखा परेका छन् ।
नर्वेमा मात्रै यो भ्याक्सिन लगाए पछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । ती २३ जना मध्य १३ जनाको केवल फाईजरको खोपको साईडईफेक्टका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।
यति धेरै मृत्यु पछि फाईजरको खोपको गाईडलाईनै नर्वेले परिवर्तन गरेको छ । यस्तै बेल्जियममा पनि एक जनाको फाईजर खोपका कारण मृत्यु भएको जनाईएको छ ।
नर्वेमा भएको मृत्युका बारेमा हुने जाँचलाई नजिकबाट हेरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।@एजेन्सी ।
याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
Discussion about this post