माघ ३, याङ्वरकफोकस / पाँचथरको पाँच विद्यालयलाई ग्रिन एन्ड क्लिन आवर पाँचथर ग्रुपद्वारा जनचेतना अभियान र सेनिटरि प्याड वितरण गर्ने भएको छ । प्याड वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको ग्रुपका एड्मिन सुरेश तावाले याङ्वरकफोकसलाई जानकारी दिएका हुन् ।
ग्रुपका एड्मिन तावाका अनुसार पाँचथर को छ गाँउपालिका र एक नगरपालिका भित्र रहेको एउटा एउटा मा.वि मा कक्षा ७ देखि १० सम्म अध्यनरत छात्राहरुलाई प्याड वितरण गर्ने अभियान भए पनि आर्थिक अभाव को कारण पाँच गाउँपालिका भित्रको पाँच विद्यालयलाई मात्र वितरण गर्ने भएको छ ।
जस अनुसार नारायणी माध्यमिक विद्यालय याङवरक गाउँपालिका वडा नम्बर-२, त्रिबेणी माध्यमिक विद्यालय तुम्बेवा गाउँपालिका वडा नम्बर-७, कालिका माध्यमिक विद्यालय प्राङबुङ फालेलुङ गाँउपालिका वडा नम्बर-५, सत्यहाङमा उच्च माध्यमिक विद्यालय फाल्गुनन्द गाँउपालिका वडा नम्बर-२ र सिद्ध माध्यमिक विद्यालय हिलिहाङ गाउँपालिका वडा नम्बर-४ रहेको छ ।
सेनिटरि प्याड यहीँ माघ महिना भित्र वितरण गरिने भएको छ ।
ग्रिन एन्ड क्लिन आवर पाँचथर ग्रुप एक सामाजिक संजाल फेसबुक ग्रुप हो । यस ग्रुपले अन्य सामाजिक कार्य देखि आर्थिक कमजोर भएका बिरामीहरु को लागि सहयोग अभियान र मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गर्दै आएको छ ।
Discussion about this post