सुमन अधिकारी/याङवरक प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस याङवरक गाउँपालिकाको आयोजनामा शनिवार विरोध प्रदर्शन गरिएको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार याङवरक गाउँपालिका समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको हो ।
नेपाली कांग्रेस याङवरक गाउँपालिका समितिका सभापति तिलप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जि.पी. पाँचथर अध्यक्ष भुवानि प्रसाद खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्बसत्तावादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतन्त्रको रक्षाको लागी सडकमा आएको बताए ।
नेता खतिवडाले ७० बर्षसम्मको पर्खाइपछि नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त संविधान खतरामा परेकोले यसको रक्षाका लागी सबैलाई एकजुट हुन् आग्रह पनि गरेका छन् ।
Discussion about this post