माघ ३, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनताको मुहारमा खुसी ल्याएको तर मान्छे मारेर, कुटेर, लुटेर जनता नरुवाएको टिप्पणी गरेका छन् । आज काठमाडौमा भएको नेकपा ओली समूह प्रदेश १ को भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्ष्यित गर्दै उनले आफूले जनताको मुहारमा खुसी ल्याउन खोज्दा सहिनसक्नु भएको टिप्पणी गरे । उनले भने ‘मैले जनतालाई हँसाउँदा केही मानिसलाई खपिनसक्नु भएको छ, के म मान्छे मार्दै हिँडौं, विधवा र टुहुरा बनाउँदै मान्छे रुवाउँदै हिँडौं ?’ के जनताको घर जग्गा, गाडी खोसेर, पैसा लुटेर जनतालाई रुवाउदै हिँडौं’।
देशकै अनुहारमा मुस्कान ल्याउदा केही साथीहरुलाई पीडा भएको ओलिले बताए । ‘म देशकै अनुहारमा मुस्कान ल्याउन लागिरहेको छु’, उनले भने, ‘मलाई जोकरले खत्तमै बनायो भन्छन् । जोकरै रहेछ हँसाएरै सक्यो भनिरहेका छन् । नेपाली जनता हाँसेकोमा किन पिर परेको होला साथीहरु लाई ? रुवाउन खोजेका थियौ, सकेनौँ रुवाउन दिइने छैन ।’
Discussion about this post