माघ ३ सनिबार २०७७ याङवरक फोकस
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति पान्थरको चौथो जिल्ला अधिबेशन हुने भएको छ । आज पत्रकार सम्मेलन मार्फत कार्यवाहक जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बेको हस्ताक्षरमा रहेको बिज्ञाप्ति मार्फत सो कार्यक्रम सार्वजनिक गरिएको हो ।
आगामी फागुन १४, १५ र १६ गते पान्थर जिल्लाको सदरमुकाम फेदेनमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ लगायत केन्द्रिय नेताहरुको उपस्थितिमा उक्त अधिबेशन सम्पन्न हुने विज्ञाप्तीमा बताइएको छ । गत २०७६ साल चैत १९,२० र २१ गते तोकिएको जिल्ला अधिबेशन कोरोना भाइरस कोभिड -१९ का कारण स्थगन गरिएको थियो ।
अधिबेशन तयारीका लागी पुनः पुस २९ र माघ १ गते बसेको जिल्ला बैठकलेपाचौं जिल्ला अधिबेशन गर्ने निणर्य गरेको थियो । अधिबेशनका लागि प्रत्येक गाउँपालिका र नगरपालिकाबाट ५/५ जना प्रतिनिधि, ३/३ जना पर्यवेक्षक र सबै वडाहरुबाट २/२ जना प्रतिनिधि र एक/एक जना पर्यवेक्षक सहभागी हुने जिल्ला अध्यक्ष सागर केरुङले याङवरक फोकसलाई जानकारी दिएका छन् ।
Discussion about this post