माघ ४, याङ्वरकफोकस / पाँचथर जिल्ला कुम्मायक गाउँपालिका वार्ड नं:-५ साबिक स्याबरुम्बा-५ आहाले बस्ने ३१ वर्षीय ईश्वर चेम्जाेङ्ग लिम्बु लाई आर्थिक सहयोग उपलब्ध भएको छ । चेम्जोङ विगत तीन वर्ष अघि राेजगारिकाे शिलसिलामा भारतकाे मेघालय सिलाङमा जाँदा काेईला खानिमा पुरिदा मेरुदण्ड भाँचिएर सख्त घाईते भएका हुन् ।

जिल्ला मोरङ उर्लाबारी हाल कतारमा कार्यरत समाजसेवी, मनकारी इन्दिरा थोप्रा लिम्बुको पहलमा ईन्दिरा थोप्रा लिम्बुद्वारा एक सय रियल, योवन सेदाङ एक सय रियल, अरुण सेन्दिङ एक सय रियल र बिक्र राईद्वारा एक सय रियल संकलन गरि नेपाली रु १२ हजार २९ रुपैयाँ उपलब्ध भएको हो ।
उक्त उपलब्ध रकम कुम्मायक गाउँपालिका-५ स्याबरुम्बाका वडा जनप्रतिनिधि इन्द्र बहादुर चेम्जाेङ्ग (देवि)को सहयोगमा हस्तान्तरण गरिएको भनी मलेसियामा कार्यरत लक्ष्मी माङ चेम्जोङ्ले याङ्वरकफोकसलाई जानकारी दिएका हुन् ।
Discussion about this post