माघ ५, याङ्वरकफोकस / बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरेका हुन् ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।
खेलमा अग्रता भने ग्रिजमनको गोलबाट बार्सिलोनाले ४० औं मिनेटमा लिएको थियो । तर ४२ औं मिनेटमा बिल्बाओका ओस्कार डमार्कोसले बराबरी गोल फर्काए । ७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ९० औं मिनेटमा बिल्बाओका लागि भिलालिब्राले बराबरी गोल फर्काए ।
अतिरिक्त समयको चौथो मिनेटमै इनाकीले गरेको गोल बिल्बाओको जितमा निर्णायक बनेको हो ।
कप्तान लिओनल मेसीले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । भिलालिब्रालाई फाउल गरेपछि मेसीले रातो कार्ड पाएका हुन् । मेसीले बार्सिलोना करियरमै पहिलो पटक रातो कार्ड सामना गरेका हुन् ।
Discussion about this post