याङवरकफाेकस /५ माघ हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर बाट जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।
आईतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।
थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडा अध्यक्ष थापाको उपचार नहुन नसकेपछि माउण्टेन एयरको हेलीकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फडेराले बताएका छन्।
वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्वमाओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा २ समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।
Discussion about this post