Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

शिक्षण अस्पतालमा रोकिएको इआरसीपी उपचार पद्धति पुनः सुरु

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
५ माघ २०७७, सोमबार २०:२२
मुख्य खबर, स्वास्थ्य
शिक्षण अस्पतालमा रोकिएको इआरसीपी उपचार पद्धति पुनः सुरु

माघ ५, याङ्वरकफोकस / नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो ।

कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्त नलीको पथ्थरी निकाल्न थालिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले जानकारी दिए । यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाइन्छ । इआरसीपी विधि सुरु नहुँदा पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने र संक्रमणको खतरा हुने चिकित्सकहरु बताउँछन् ।

तर, इआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै वा दिसाको माध्यमबाट बाहिर निकालिने हुँनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकहरुको भनाइ छ । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि प्रभावकारी हुँने गर्छ ।

नेपालका केही अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले २०७५ पुसबाट सुरुवात गरेको हो । नोबेलले इआरसीपी विधिबाट सयौं विरामीको सफलतापूर्वक पथरिया निकालेको छ । नोबेलले २०७५ फागुन २६ गते इआरसीपी विधिबाट एकैदिन हालसम्मकै धेरै १४ जनाको पित्तनलीको ढुंगा निकालेर नेपालमै पहिलो रेकर्ड बनाएको थियो ।रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

५ माघ २०७७, सोमबार २०:२२
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

५ माघ २०७७, सोमबार २०:२२
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

५ माघ २०७७, सोमबार २०:२२
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

५ माघ २०७७, सोमबार २०:२२
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

५ माघ २०७७, सोमबार २०:२२
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

५ माघ २०७७, सोमबार २०:२२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.