माघ ५, याङ्वरकफोकस / पहिचानको पक्षमा कलम चलाउने साहित्यकारहरुको लागि भन्दै याक्थुङ साहित्य कला समूह गठन गरिएको छ । अस्तित्व, पहिचान र सामाजिक न्यायका निम्ति कलम चलाउदै आईरहेका साहित्यकारहरु डिजिटल जुम मार्फत भेला भइ इन्दिरा नेइन्दिरा नेम्वाङको अध्यक्षतामा याक्थुङ साहित्य कला समूह गठन गरिएको हो ।
साहित्यकार, उपन्यासकार तथा बौद्धिक ब्यक्तित्वहरुको आतिथ्यतामा आइतबार भएको उक्त भेला मार्फत कार्यसमितिको बैठक बसी ११ सदस्यीय समुह गठन भएको थियो ।

उक्त बैठकबाट अध्यक्षमा इन्दिरा नेम्वाङ, उपाध्यक्षमा श्री कुमार चेम्जोङ, सचिवमा जनम लिङ्दम, सह सचीवमा हेम सेमेक्वा र कोषाध्यक्षमा संगीता लावती चयन भएका छन् । त्यसैगरी सदस्यहरु मा सिकुमहाङ चेम्जोङ, प्रकाश लिहाङ चेम्जोङ, पेपराज माबुहाङ, मोहन शेर्मा लिम्बू, निशान लिङ्दम र सुएल केरुङ रहेका छन् ।

Discussion about this post