युएई / ५ माघ युएई स्थित नेपाली राजदुतावासका केही कर्मचारिहरुमा काेराेना संक्रमण देखिए पछि केही दिनकाे लागि नेपाल राजदुतावासका केही महत्वपुर्ण सेवाहरु बन्द गरिएकाे छ।
सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिड-१९ को संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकोले राजदूतावासमा भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरू राहदानी, यात्रा अनुमतिपत्र, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरणलगायतका अन्य कागजात प्रमाणीकरण २०७७ माघ ६ गते मङ्गलबारदेखि केही समयका लागि स्थगन गरिएको राजदुतावासले जनाएकाे छ ।
अत्यन्त जरूरी एवं भौतिक उपस्थिति विना लिन सकिने सेवाहरू भने यथावत प्रदान गरिने र यसका लागि राजदुतावासको फोन नं.: ०२ ६३४४ ३८५ र ईमेल ठेगाना: [email protected] मा सम्पर्क गर्नु सकिने छ । संंक्रमणमुत्त भएकाे सुनिस्चितता गरि स्थगित सेवाहरु यथासिघ्र पुन सुचारु गरिने समेत जनाएकाेे छ।
Discussion about this post