माघ ६, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को तेह्रथुममा २ जना, पाँचथरमा १ जना, झापामा ४ जना, मोरङमा ४ जना, सुनसरीमा ४ जना, ओखलढुंगामा १ जना र संखुवासभामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५६ जनामा परिक्षण गर्दा ३४८ जनामा कोरोना संक्रमण देखिएको र ४४१ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७ सय १४ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post