Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

तपाईंले बोकेको नेपाल टेलिकमको सिमकार्ड आफ्नो नाममा छैन भने यसो गर्नुहोस्

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
६ माघ २०७७, मंगलवार २१:५६
प्रविधि, मुख्य खबर
तपाईंले बोकेको नेपाल टेलिकमको सिमकार्ड आफ्नो नाममा छैन भने यसो गर्नुहोस्

माघ ६, याङ्वरकफोकस / नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहकहरुले प्रयोग गर्न सक्ने छन् । टेलिकमका ग्राहकले आफ्नो नाममा दर्ता भएको सिमकार्ड बाट मात्रै उक्त एप प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अुनसार टेलिकमका केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको कारण एप प्रयोग गर्न नमिल्ने भएको छ । सिम कार्ड आफ्नो नाममा भए नभएको थाहा पाउन *922# डायल गरी जानकारी लिन सकिने छ । यस्तै नामको हिज्जे सही छ/छैन निक्र्यौल पनि गर्न सकिन्छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिने छ ।

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ ।

साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई पनि गर्नुपर्छ । यस्तै पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनपर्नेछ ।

अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ ।

संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा गई नियमानुसार नामसारी गर्न सकिन्छ । नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।

विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ ।

दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक÷नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकलाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

मिक्लाजुङलाई हराउदै याङवरक गाउँपालिका फाइनलमा

६ माघ २०७७, मंगलवार २१:५६
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

भोलि संसदीय दलको नेता चयन गर्दै: जसपा

६ माघ २०७७, मंगलवार २१:५६
प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

प्रहरीले नागरिकता र पासपोर्ट अनुसन्धान गरिरहेका रवि लामिछाने बने: गृहमन्त्री

६ माघ २०७७, मंगलवार २१:५६
मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

६ माघ २०७७, मंगलवार २१:५६
रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

रियादमा किरात राई यायोक्खाको क्षेत्रीय कार्यसमिति गठन – अध्यक्षमा विज्ञान राई चयन

६ माघ २०७७, मंगलवार २१:५६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए प्रचण्डलाई बधाई

६ माघ २०७७, मंगलवार २१:५६

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • ilovemybaby.com.ua
  • status-irpin.com.ua
  • Uncategorized
  • Video
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.