माघ ८, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा ४ जना, सुनसरीमा २ जना, धनकुटामा १ जना, ओखलढुंगामा ३ जना र संखुवासभामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा २ जना आइसियु रहेका छन् र कोही पनि कोरोना संक्रमित भेन्टिलेटरमा छैनन् ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३० जनामा परिक्षण गर्दा ३३६ जनामा कोरोना संक्रमण देखिएको र २२६ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३१ हजार ७ सय ५६ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post