माघ ८, याङ्वरकफोकस / विभिन्न अवार्ड प्राप्त गरेको लिम्बु भाषीक चलचित्र “पुङ्साम” सार्वजनिक गरिएको छ । चलचित्र याक्थुङ फिल्म्स युट्युब च्यानल मार्फत बिहीवार सार्वजनिक गरिएको हो ।
चलचित्र लेखक, निर्देशक तथा नाट्यकर्मी सागर केरुङद्वारा लेखन निर्देशन रहेको यस चलचित्रले Nepal indigenous film festival 2014 (public choice award) र FLF award 2017 ( best story award) अवार्ड प्राप्त गरेको हो ।
चलचित्रमा सुरेन शिशिर केरुङ, नरेन्द्रराज केरुङ, निर्मला आङ्बो र हरि केरुङ्लाई मुख्य भुमिकामा देख्न सकिन्छ । तिलक रिजालले छायांकन गरेको उक्त चलचित्रलाई विपिन भट्ट र राजेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।
चलचित्रमा सिकारी देवतालाई पुजा गरिएको देखाइएको छ । विशेष गरेर यो लिम्बु समुदाय संग जोडिएको हुन्छ । हिन्दुशास्त्र अनुसार “शनि ग्रह” पनि भनिन्छ । यस चलचित्र सन् २०१२ सालमा पान्थरमा छायांकन गरिएको हो ।
चलचित्र “पुङ्साम” भिडियोमा
Discussion about this post