माघ ९, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप सात जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १ जना, झापामा १ जना, मोरङमा ३ जना र भोजपुरमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा २ जना आइसियु रहेका छन् र कोही पनि कोरोना संक्रमित भेन्टिलेटरमा छैनन् ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४५ जनामा परिक्षण गर्दा ३०२ जनामा कोरोना संक्रमण देखिएको र ४८० जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३५ हजार ३ सय १ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post