माघ ९, याङ्वरकफोकस / प्रधानमन्त्री केपि शर्मा ओलीले यहीँ माघ १४ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज भएको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले माघ १४ देखि खोप लगाउन शुरु गरिने बताएका हुन् ।
खोप लगाउनको लागि समूह तयार पारिसकेको र मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको समेत बताए ।
प्रधानमन्त्री ओलीका अनुसार पहिलो चरणमा अग्रभावमा रहेर कोभिड-१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने छ । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे । शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयअनुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।
Discussion about this post