Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

आम्बानीको १ घण्टाको कमाई बराबर कमाउन एक श्रमिकलाई १० हजार बर्ष लाग्नेछ।

Yangwarak Focus Yangwarak Focus
१२ माघ २०७७, सोमबार १७:००
रिपोर्ट, विदेश
आम्बानीको १ घण्टाको कमाई बराबर कमाउन एक श्रमिकलाई १० हजार बर्ष लाग्नेछ।

माघ १२,याङ्वरकफोकस//कोरोना महामारीले एकातर्फ गरीबहरु मारमा परेका छन् भने अर्कातर्फ भारतका सबैभन्दा धनी व्यक्तिहरुले यसबीचमा राम्रो आम्दानी गरेका छन् । अक्सफ्यामको नयाँ रिपोर्ट अनुसार कोरोना महामारीले भारतमा असमानतालाई बढाएको छ ।

‘द इनइक्वालिटी भाइरस’ नामको उक्त रिपोर्टमा महामारीकाबीच भारतका सबैभन्दा धनी अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ ।

customflooringconsultants.com
songwriterfeatureseries.com
ortopedski čevlji z kapico
handschoenen tijgerprint
budulgan.com
my carry bag myomy
električni sušilec za perilo
geosbau.at
sewingcrew.com
koiran portaat

अम्बानीको १ घण्टाको कमाई बराबर कमाउनका लागि एक श्रमिकलाई लाग्नेछ १० हजार वर्ष

रिपोर्टका अनुसार कोरोना महामारीकाबिच रिलायन्स इंडस्ट्रिजका मुकेश अम्बानीले एक घण्टामा कमाउने रकम कमाउनकालागि एक श्रमिकलाई १० हजार वर्ष लाग्नेछ । यस्तै अम्बानीको १ सेकेण्डको कमाईसम्म पुग्नका लागि पनि ३ वर्ष लाग्नेछ । सन् २०२० मार्चपछि मुकेश अम्बानीसँगसँँगै भारतका कुल १०० अरबपतिहरुको सम्पत्तिमा लगभग १३ लाख करोड भारतिय रुपैयाँको बढोत्तरी भएको छ । १४ करोड गरिब भारतिय नागरिकहरुलाई यदि यो रकम बाँडिएमा हरेकको भागमा ९४ हजार ४५ भारतिय रुपैयाँ आउनेछ ।

प्रत्येक घण्टामा १.७ लाख व्यक्तिहरु बेरोजगार

सन् २०२० मा केहि व्यक्तिहरु आर्थिक संकटका बाबजुद पनि धनी बने । तर अप्रिल महिनामा प्रत्येक घण्टा १.७ व्यक्तिहरुले राजगारी गुमाएका छन् । रिपोर्टका अनुसार कोरोना महामारीका कारण १२.२ करोड कर्मचारीहरुले आफ्नो जागिरबाट निकालिनुपरेको हो । जसमध्ये ७५ प्रतिशत वा करिब ९.२ करोड व्यक्तिहरु असंगठित क्षेत्रका छन् ।

यसैगरी भारतमा भोकमरी,आत्महत्या, सडक र रेल दुर्घटना, पुलिसको क्रुरता र समयमा उपचार नपाउनका कारण ३०० भन्दा बढि असंगठित क्षेत्रका मजदुरहरुको मृत्यु भएको छ । अक्सफ्यामले बताए बमोजिम भारतको राष्ट्रिय मानव अधिकार आयोगले अप्रिल २०२०सम्म मानव अधिकारको उल्लंघनका दुई हजार ५८२ भन्दा धेरै केसहरु दर्ता गरेको थियो ।

लकडाउनमा भारतीय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढ्यो

फोर्ब्सको २०२० अरपतिहरुको सूचीमा सबैभन्दा धनी व्यक्तिहरुको तथ्यांक सार्वजनिक भएको अक्सफ्याम बताउँछ । कोभिड १९ का कारण जारी गरिएको लकडाउनको समयमा भारतिय अरबपतिहरुको सम्पत्ति ३५ प्रतिशतले बढेको छ । सन् २००९ पछि यी अरबपतिहरुको सम्पत्ति ९० प्रतिशतले वृद्धि भई ४२२.९ बिलियन पुगेको हो । यसरी अमेरिका, चीन, जर्मनी, रसिया र फ्रान्सपछि भारतले छैठौं स्थान ओगटेको छ ।

लकडाउनको आम्दानीले भारतीय स्वास्थ्य मन्त्रालय १० वर्ष संचालन गर्न सकिने

कोरोना महामारीको समयमा भारतका ११ शिर्ष अरबपतिहरुको सम्पत्तिको बढोत्तरीले रााष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी योजना वा स्वास्थ्य मन्त्रालयलाई १० वर्षसम्म संचालन गर्न सकिने पनि उक्त रिपोर्टले उल्लेख गरेको छ ।

संसारभरमा गरिबहरुको संख्या ५० करोड पुग्यो

संसारभरका एक हजार अरबपतिहरुमा गरिएको यस सर्वेक्षणको रिपोर्टमा बताइएको छ, संसारभरमा सन् २०२०को मार्च १८ देखि डिसेम्बर ३१ सम्ममा यी अरबपतिहरुको सम्पत्ति ३.९ ट्रिलियन डलरले वृद्धि भएको छ । सोहि अवधिमा संसारका पहिला १० अरबपतिहरुको सम्पत्ति ५४० बिलियन डलरले बढेको छ । तर यसै समयमा महामारीको चापमा परेका कैयन् मानिसहरुले रोजगारी गुमाएका छन् र धेरै मानिस भोकमरीको मारमा परेका छन् । यस अवधिमा संसारभर गरिबीकाे रेखा मुनि हुने मानिसहरुको संख्या ५० करोड पुगेको अनुमान गरिएको छ ।

  1. नि:शुल्क भ्याक्सिन दिनकालागि ९ महिनाको आम्दानी पर्याप्त

रिपोर्टका अनुसार कोरोना भाइरसको सुरुवातपछि संसारका सबैभन्दा धनी १० अरबपतिहरुले कमाएको सम्पत्तिले संसारमा हरेक मानिसलाई गरिबीबाट बचाउन सकिनेछ भने एक कोभिड १९ भ्याक्सिन निशुल्क उपलब्ध गराउन सकिन्छ । रिपोर्टमा थप भनिएको छ, संसारमा मानवतासँग गरिबीबाट बाहिरने अन्य कुनै स्थायी समाधान नभएको कोरोना भाइरसले प्रमाणित गरिदिएको छ । यस संकटमा अरबपतिहरुका सम्पत्तिलाई लाखौं मानिसहरुको जीवन र अरबौं रोजगारी बचाउनकालागि प्रयोग गर्नुपर्दछ ।

(दैनिक भाष्करबाट अनुवादित ।)

सम्बन्धित खबरहरु

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१२ माघ २०७७, सोमबार १७:००
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१२ माघ २०७७, सोमबार १७:००
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीद्धारा ११७९ जना नेपालीलाई बहिर्गमन भिषा

१२ माघ २०७७, सोमबार १७:००
साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदीमा थप ९३ नेपालीले पाए वहिर्गमन भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

१२ माघ २०७७, सोमबार १७:००
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१२ माघ २०७७, सोमबार १७:००
`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

`भुइँसोरी सेवारो नि लुङ्गा´ बोल गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक हुँदै

१२ माघ २०७७, सोमबार १७:००

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.