माघ १२, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्ष्यित गर्दै ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपाल लगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।
सम्बोधन गर्दै उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । ओलि ले भने, ‘केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिनेछ ।
ओलीले भने, ‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको जनाए ।
Discussion about this post