माघ १३, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को पाँचथरमा १ जना, झापामा ३ जना, मोरङमा १ जना, सुनसरीमा १जना, खोटाङमा १ जना र उदयपुरमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनामा परिक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण देखिएको र २८५ जना कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पुष्टि भएको छ । साथै थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६ सय ८७ जना पुगेको छ । नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post